आश्मालाई सहयोग गर्न पछि नहटौंः अध्यक्ष लिङ्देन « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

आश्मालाई सहयोग गर्न पछि नहटौंः अध्यक्ष लिङ्देन


यलम्वर टाइम्स
२ असार २०७७, मंगलवार ०९:५८

अर्जुनधारा । बिगत ७ महिना अघिबाट क्यान्सर रोगबाट थलिएकी आश्मा भट्टाराईलाई सहयोगी हातहरुको खाँचो
रहेको छ ।

प्रेम विवाह भएको ६ महिना नपुग्दै घातक रोगले च्यापेपछि ओछ्यानमा थलिन पुगेकी आश्मा धेरै ठाउँमा उपचार गर्न पुगिन् ।

यो बेला उनलाई आर्थिक समस्या आई परेको छ र उनलाई सहयोगी मनहरुको खाँचो भएको उनका परिवारले अनुरोध गरे ।

झापा हल्दीबारी ५ घर भएकी आश्मालाई हाल १५ लाख आवश्यक भएको उनका श्रीमान बताउँछन् । आश्माको उपचारमा १४ लाख खर्च भइसको छ ।

काठमाण्डौमा उपचार गराउँदै आएका आश्मा सुरुमा एक्कासी टाउको दुखेपछि उपचारका लागि झापाका अस्पतालहरुमा धाईन ।

केही पत्ता नलागेपछि काठमाण्डौमा चेक गर्दा क्यान्सरले सताएको अस्पताले जनाए । न्यून आयस्रोत भएका भट्टराई परिवार श्रीमतीको उपचारमै सबै सक्किएको बताउँछन् ।

आश्मालाई विदेशमा रहेका आफ्ना (मामा) लक्ष्मी बस्नेतले उपचारका लागि रु. ५० हजार दिने घोषणा गरेका छन् ।

उनलाई हल्दीबारीमा घर भई कोरियामा रहेका लोकेन सुवेदी, लामा पेम्पा, कबिता नेम्वाङ्, सन्त सुहाङ, दिपेन कार्की, पदम गिरी, सन्त लिम्बू, प्रकाश वराल, नवीन प्रसाईं, लक्ष्मी मुर्मु, सनम, बुद्ध राज, निर्मला, युवराज आचार्य, पुष्प दाहाल, श्याम बस्नेत, महेश निरौला, सुरज मगर, झन मगर, प्रदिप बस्नेत, विजय लामा लगायतले रु. एक लाख ३ हजार ५ सय १३ रकम हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको हातबाट प्रदान गरिएको थियो ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष लिङ्देनले आश्मालाई सहगोग गर्ने मनहरुलाई धन्यवाद दिँदै आश्माको स्वास्थ्य लाभको कामना गरे ।

लिङ्देनले भने सहयोगी भावना भएको हामी नेपाली आश्मालाई सहयोग गर्नपछि नहटौं भनी अनुरोध गरे ।