किरात मुन्धुम कार्य समिति झापा गठन « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

किरात मुन्धुम कार्य समिति झापा गठन


यलम्वर टाइम्स
२८ असार २०७९, मंगलवार ०६:४२

अर्जुनधारा । किरात मुन्धुम अध्ययन केन्द्र झापाको जिल्ला कार्य समिति गठन भएको छ ।

अर्जुनधारा ९ रबर बगानमा भएको बृहत किरातीहरुको भेलाले जिल्ला कार्यसमिति गठन भएको हो ।

लोप हुँदै गएको प्राचिन किरात राई जातिहरुको धर्म संस्कृतिलाई समेटेर तीन चुलालाई मिलाउँदै बनिएको मुन्धुमलाई जिवन्त राख्दै बाहिर ल्याउने उद्देश्यले जिल्ला कार्य समिति गठन भएको सहभागिले जनाएका छन् ।

जिल्ला समितिको अध्यक्षमा रमेशकुमार राई, उपाध्यक्ष हरिबहादुर राई, सचिव सुरेन्द्र राई, सहसचिव मीना राई, कोषाध्यक्ष सन्तोष चाम्लिङ राई रहेका छन् भने सदस्यहरुमा कविता राई, रामजीत राई, सिर्जना राई, पूर्ण वान्तावा राई, कमला थुलङ राई, दिलमाया राई, विनोदकुमार राई र नरमाया लिम्बू राई चयन भएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बसन्त दुमी राईले उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथि प्रेमकुमार दुमी राई र माङ्पा संघका सहसंयोजक ढकबहादुर साकुना सोहनुवा वान्तावा राईले मुन्धुमका विषयमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

रमेश राईले स्वागत गरेको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष नीरबहादुर राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गर्जमान राई, चित्रबहादुर राई, गंगाधर राई, दिपक राई, कुमार राई, भिम राई, अर्चना राई विष्णु राई, आनन्द राई, माङ्पा कुमार राई र देवकुमार राई लगायतको आतिथ्य रहेको आयोजक रमेश राईले जानकारी दिए ।