सामाजिक सञ्जालको दुरुपयोगले समाज आक्रान्तः वडाध्यक्ष खड्का « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

सामाजिक सञ्जालको दुरुपयोगले समाज आक्रान्तः वडाध्यक्ष खड्का


यलम्वर टाइम्स
२४ पुष २०८०, मंगलवार १०:२८

बैसाबाडी । नारीलाई हरेक कुरामा सुरक्षित राख्न कसरी सकिन्छ भन्ने उद्देश्यले अर्जुनधारा–५ स्थित बैसाबाडीमा तीन दिने जनसेचतना कार्यक्रम सुरु भएको छ ।

प्रजनन् स्वास्थ्य, बालविवाह, बढ्दो इन्टरनेट तथा सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि तालिमको मंगलबार उद्घाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्काले आफूमात्र सुरक्षित नभई समाजलाई बनाउन यो तालिमले मद्दत पुग्ने बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोगबाट गाउँ समाज आक्रान्त भएको हुँदा नारी शक्तिले चिरेर जानुपर्ने बताए । प्रमुख अतिथि खड्काले समृद्ध नगरसँगै समुन्नत वडा निर्माणमा यस्ता तालिम उपयोगी भएको बताए ।

टेवा संस्था धापाखेल ललितपुरको सहयोगमा भएको कार्यक्रमको आयोजक जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८ रहेको थियो ।

सिकाई केन्द्रका अध्यक्ष पुनम सुवेदीको सभापतित्वमा सुरु भएको तालिममा वडा सदस्य लक्ष्मीप्रसाद खनाल, टोल संयोजक तथा अर्जुनधारा जेसीजका उपाध्यक्ष टंक दाहाल, पत्रकार दिपीन राई, अमित खम्बू लगायतको उपस्थिति रहेको थियो ।

५० भन्दा बढी सहभागि रहेको तालिममा स्वागत देवकला प्रसाईले गरेकी थिइन् भने सञ्चालन इन्दिरा दाहालले गरेकी थिइन् ।