अखिल क्रान्तिकारी शनिश्चरेको भलिबल प्रतियोगिता सम्पन्न « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अखिल क्रान्तिकारी शनिश्चरेको भलिबल प्रतियोगिता सम्पन्न


यलम्वर टाइम्स
२६ पुष २०८०, बिहीबार ११:१४

अर्जुनधारा । अखिल क्रान्तिकारी शनिश्चरे बहुमुखी क्याम्पस इकाईले अन्तर वर्ष छात्रछात्रा नकआउट भलिबल प्रतियोगिता बिहीबार सम्पन्न गरेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा छात्रातर्फ पहिलो वर्ष र चौथो वर्षको प्रतिस्पर्धामा पहिलो वर्षले जीत निकाल्न सफल भएको छ ।

यसरी नै छात्रतर्फ भएको चौथो र तेस्रो वर्ष अन्तर्गत चौथो वर्षले जीत निकालेको क्रान्तिकारीका अध्यक्ष गगन चापागाईले बताए ।

अर्जुनधारा–७ स्थित क्याम्पस परिषरमा भएको कार्यक्रमको उद्घाटन क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुवेदीले गर्दै मैत्रीपूर्ण खेलबाट विद्यार्थीहरुको सामिप्यता बढेर जाने बताए ।

क्रान्तिकारीका झापा अध्यक्ष रञ्जन धमलाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको स्तरोन्नति र प्रगति गर्न खेलसँगै विभिन्न जनचेतना छर्नुपर्ने बताए ।

गगन चापागाईको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य तथा अग्रज पत्रकार दिपीन राई, क्याम्पस प्रमुख मोहन ओली लगायतले मैत्रीपूर्ण खेलले संगठनभित्रको आत्मीयता बढाउँदै लैजाने बताए ।

क्याम्पस सचिव अरुण श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिपीका लोहारले गरेका थिए भने समापन कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी विद्यार्थीका केन्द्रिय उपाध्यक्ष मदन भट्टराई, केन्द्रीय सदस्य विपिन पोखरेल, शिक्षक नेता कपिल तिम्सिना लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।