स्वस्तिकाका फाउण्डर श्रेष्ठलाई पितृशोक « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

स्वस्तिकाका फाउण्डर श्रेष्ठलाई पितृशोक


यलम्वर टाइम्स
२७ पुष २०८०, शुक्रबार १२:०१

अर्जुनधारा । स्वस्तिका शिशु सदन अर्जुनधाराका फाउण्डर ईश्वरा श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पुजनीय पिता इलाम नगरपालिका–६ का निवासी जयनारायण श्रेष्ठको पुष १९ गते निधन भएपछि परिवारमा शोक परेको हो ।

स्वस्तिकाका निर्देशक बसन्त श्रेष्ठका हजुरबुबा, झापा प्याव्सनका सहसचिव ईश्वरा श्रेष्ठ र जनप्रतिनिधि तथा माउण्टमेरी रिब्स बरबोटे बोर्डिङका संस्थापक दुर्गा श्रेष्ठका पिता श्रेष्ठको उपचारको क्रममा पुष १९ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

समाजसेवी तथा सहयोगी जयनारायण श्रेष्ठको परम्परागत विधिबाट दाहसंस्कार गरिएको जनाइएको छ । शोकमा पर्नुभएका परिवारजनमा यलम्वर टाइम्स हार्दिक समवेदना प्रकट गर्दछ ।